लम्पी स्किन रोगको उपचारमा ध्यान दिन पालिकालाई पशु सेवा विभागको आग्रह

 काठमाण्डाै । पशु सेवा विभागले पशुमा देखिने लम्पी स्किन रोगको उपचार गर्न सबै पालिकालाई आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएको भन्दै विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको हाे ।

विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले विज्ञप्ति निकालेर लम्पी स्किन रोग फैलिने गएकोले उपचारमा ध्यान दिन पालिकासँग आग्रह गर्नुभएको हो । विभागले महामारी नियन्त्रण गर्नका लागि रोग फैलिएका पालिकाहरुमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । 

विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र पालिका तहमा सम्पर्क व्यक्ति तोकेको काफ्लेले जानकारी दिनुभयो । विभागले लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । गएको चैतदेखि फैलिएको लम्पी स्किन सङ्क्रमणबाट २५ हजारभन्दा धेरै पशु मरेका विभागले जनाएको छ । 

देशभर सङ्क्रमित झण्डै सात लाख नौ हजार पशुमध्ये चार लाख ५३ हजार पशु निको भइसकेका छन् । अहिले पनि दुई लाख २९ हजार पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ । कोशी प्रदेशबाट फैलिएको रोग मनाङबाहेक सबै जिल्लामा फैलिसकेको छ । सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागले जनाएको छ । 

देशभर सङ्क्रमित झण्डै सात लाख नौ हजार पशुमध्ये चार लाख ५३ हजार पशु निको भइसकेका छन् । अहिले पनि दुई लाख २९ हजार पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ । कोशी प्रदेशबाट फैलिएको रोग मनाङबाहेक सबै जिल्लामा फैलिसकेको छ । सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागले जनाएको छ । 

विभागकाअनुसार सङ्क्रमणबाट प्रभावित एक लाख ८० हजारभन्दा धेरै पशुलाई खोप लगाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि विभागले अहिलेसम्म सात लाख ३७ मात्रा खोप आयात गरेको छ । 

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारणले लाग्ने महामारी रोग हो । यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोला गिर्खा तथा गाँठाहरु देखिने, र्याल सिँगान वग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निनेजस्ता लक्षण देखा पर्दछन् ।

यस रोग बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दूधालु र गर्भिणी गाईभैँसीलाई असर गर्ने गर्दछ । गोरुलाई समेत सङ्क्रमण हुँदा अहिले पहाडी क्षेत्रका धेरै ठाउँमा रोपाइँको कामलाई प्रत्यक्ष असर गरेको छ । 

Post a Comment

0 Comments