काठमाडौं।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताउनु भएको छ।उहाँले समितिमा पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ।
उहाँले भन्नुभयो,‘यो समिति सरकार विरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन। समिति समितिका रुपमा अगाडि बढ्छ। सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ। आजै प्रधानमन्त्री,गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छरु यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’

0 Comments