राष्ट्रपति पौडेलको आह्वानमा​ सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा​ सर्वदलीय बैठक बस्दैछ। शीतलनिवासमा बिहान ८ः ३० बस्ने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। सुन तस्करी प्रकरणका कारण अवरुद्ध संसद् खुलाउने पहलका लागि राष्ट्रपतिले बैठक बोलाएका हुन्।

यद्यपि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउने र सदन खुलाउने विषयमा सोमबार साँझ सहमति भएको छ।

 

Post a Comment

0 Comments