डेंगु संक्रमणबाट कञ्चनपुरका एक युवाको मृत्यु

 कञ्चनपुर,१२ भदौ ।  कञ्चनपुरको बेलौरीमा डेंगु सङ्क्रमणबाट एक युवाको ज्यान गएको छ।

बेलौरी नगरपालिका वडा नम्बर–८ पचुइस्थित स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

अत्याधिक ज्वरो आएपछि धनगढीस्थित अस्पताल लगिएका खत्रीको गएराति मृत्यु भएको हो।

Post a Comment

0 Comments