बाग्लुङकाे गलकाेटमा माेटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गयाे

बाग्लुङ । बाग्लुङकाे गलकाेट नगरपालिका-३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

गएराति ग ८ प १२२५ नम्बरकाे मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका-३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएकाे हाे । 


परियारको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गलकाेटले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments