कारागारमा कैदी मृत्यु प्रकरण : ६ दिनपछि बल्ल आफन्तले शव बुझे

काठमाडौं। संखुवासभामा कारागारभित्रै कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव ६ दिन पछी बल्ल आफन्तले बुझेका छन्। मादी नगरपालिका –५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव बल्ल आफन्तले बुझेका हुन् ।

शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो। घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। जाहेरीका आधारमा हिजो प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ।

कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि र घटनामा संलग्न बसैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले आज बल्ल शव बुझेका हुन्।

Previous Post Next Post