बाग्लुङमा छ नाल भरुवा बन्दुक बरामद

बाग्लुङ । बाग्लुङमा ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधवार हिजाे हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो । 

तस्बिर : रासस


गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेकाे पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments