काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताउनुभयो। यो सहमति भएसँगै अब सदन खुल्ने उहाँको भनाइ थियो ।
सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।सीआईबीले आफ्नो कामलाई निरन्तरता दिनको लागि एक महिनापछि आयोग गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।

0 Comments