कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसम मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ ।

यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ ।

महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने बताइएको छ ।

ती पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिने छ । नेता शेखर कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

Post a Comment

0 Comments