काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री अहिले बिहान चीनको छिङछोङ शहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
स्थानीय समयअनुसार आज मध्यान्ह १२ बजेर ५ मिनेटमा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।यस्तै उहाँले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्री आज ल्हासामा नै बस्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित सदस्य रहेका छन् ।
0 Comments