काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। अध्यक्षको लागि उम्मेदवारी दिएका ५ जनामध्ये २ जनाले उमेदवारी फिर्ता लिएपछी त्रिपक्षीय भिडन्त निश्चीत भएको हो।
हिजो उमेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले आज उम्मेदवारी फिर्ता लिनु भएको हो।
उहाँहरुले आज उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो। अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ।

0 Comments