दिपक पुन, असोज ४ रोल्पा । मधेस मानव अधिकार माहुरी होम रोल्पाको आयोजना साथै
यु.एन.एफ.पि.ए.को आर्थिक सहयोगमा बालबिबाह अन्त्यका लागि विश्वब्यापी कार्यक्रम धार्मीक गुरुहरुसङ्ग अन्तरक्रिया कार्यक्रम रोल्पाको लिवाङमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम माहुरी होमका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरको अध्यक्षता, रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यता, उपप्रमुख गिता आचार्यको विशिष्ट आतिथ्यतामा साथै विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिले बालबिबाह अहिले बिश्वब्यापी समस्या रहेको बताउनुभएको थियो । उमेर पुगेर आत्मनिर्भर भएपछि मात्र बिबाह गर्न आग्रह गर्दै कार्यक्रमले धार्मिक सहिष्णुताको आशा लिएको बताउनुभएको थियो ।बालबिबाहका कारणले धेरैले अकालमै आत्महत्या गरी ज्यान गुमाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख, डिएसपि श्यामकुमार शारु मगरले बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण निरन नेपालका रुबेन पाख्रीम र बिमला गैरेले गर्नु भएको थियो । कार्यक्रम समापन माहुरी होमका वरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन माहुरी होम रोल्पा जिल्लाका सुपर भाईजर लोकेन्द्र सेनले गर्नु भएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, मानव अधिकारकर्मी बिनोद आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख डियसपी श्यामकुमार शारु मगर, यु.एन.एफ.पि.ए. रोल्पाका जिल्ला संयोजक केदार राणा मगर, माहुरी होमका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीनलोचन मगर, विभिन्न मिडियामा आबद्ध पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

0 Comments