रोल्पा । दिवसको अवसरमा ५० वर्ष माथिका सबै नागरिकहरुको घरैमा पुगेर स्वास्थ्य चेक जाँच गरियो ।
नव सिर्जनशील युवा समुह र बिष्ट सेवा समाज संस्थाको संयुक्त आयोजनामा सुनछहरी गाउँपालिका ५ थनबाङमा ५० वर्षमाथिका नागरिकहरुलाई नि शुल्क स्वास्थ्य चेकजाँच गरिएको छ।
संविधान दिवसको अवसर पारेर जेष्ठ नागरिकहरुको घर घरमै पुगेर निशुल्क स्वास्थ्य चेक जाँच गर्नुको साथै स्वास्थ्य सम्बन्धि जानकारी गराईएको हो।थनबाङ टोलको २३ जना मानिसहरुको घरमै पुगेर स्वास्थ्य चेक जाँच गरिएको हो।
फुलिवन मिडिकलका अहेव रेशम चौधरी,युवा समुहका अध्यक्ष गोनिन्दराज बिष्ट,कोषाध्यक्ष राज बिष्ट,सदस्य चन्द्रबहादुर बितालु,सल्लाहकार जुनिस कुमार बिष्ट लगाएतको सहभागितामा कार्यक्रम गरिएको हो।
चेक गरिएको २३ जना ५० वर्षमाथिका नागरिकमध्ये अधिकांश जेष्ठ नागरिकहरूको स्वास्थ्य चेक जाँच गर्नुको साथै स्वास्थ्य सरसफाइ सम्बन्धि जानकारी गराईएको थियो।
मौसम प्रतिकुल भएकोले टोलका सबै बस्तीहरुमा पुगेर स्वास्थ्य चेक जाच गर्न नकिएकोले आगामी दिनमा टोलको सबै बस्ती बस्तिमा पुगेर ५० वर्ष माथिका सबै नागरिकहरुको स्वास्थ्य चेक जाँच गरिने युवा समुहका अध्यक्ष बिष्टले जानकारी दिनुभएको छ।





0 Comments