काठमाण्डाै । १९ वर्षमुनिकाे (यू–१९) साफ च्याम्पियनशिपमा आयाेजक नेपाल पाकिस्तानसँग पराजित भएकाे छ ।
आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह 'ए' काे खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भयाे ।
पाकिस्तानका लागि अली जफरले खेलकाे ७६ औँ मिनेटमा गाेल गरे । याे जितसँगै पाकिस्तानले ३ अङ्क जाेडेकाे छ ।
याे प्रतियाेगिताकाे समूह 'ए' मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह 'बी' मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

0 Comments