काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने दलहरुबीचको एक महिनाअघिको सहमति कार्यान्वयन गर्न दलहरुलाई सकस परेको छ ।
आयोग गठनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको आइतबार भएको छलफलमा पनि आयोगको क्षेत्राधिकारमा कुरा नमिल्दा विना सहमति सकिएको छ । शुक्रबारको छलफलमा पनि क्षेत्राधिकारमा कुरा मिलेको थिएन ।
आइतबारको छलफलमा आयोग गठन गर्ने र क्षेत्राधिकार के–के हुने भन्ने विषयमा सत्ता पक्ष र आफूहरुबीच भएको छलफलमा पनि सहमति जुट्न नसकेको एमाले नेता महेश बर्तौलाले जानकारी दिनुभयो ।
गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो।

0 Comments