काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित हुनुभएको छ । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।
अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित हुनुभएको हो । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत हुनुभएको छ । सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन हुनुभएको छ ।उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।
0 Comments