काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन कसैको विरुद्ध नबनेको बताउनु भएको छ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजको राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको बताउनुभयो ।
गठबन्धन सरकारसँग शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्नेदेखि राष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिएर विदेश, आर्थिक र विकासलाई अगाडि बढाउने जिम्मेवारी पुनले बताउनुभयो ।अहिले सामाजिक र धार्मिक सद्भावनाहरु बिथोलिने परिस्थिती बनेकाले सत्तापक्ष, प्रतिपक्ष सबै शक्तिहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाई छ।
0 Comments