काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उहाँ प्रथम अधिवेशनबाट अध्यक्ष चयन हुनुभएको हो ।
नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उहाँ यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।
उपाध्यक्षसहित सबै पदाधिकारी पनि उहाँ पक्षीय उम्मेदवार विजयी हुनुभएका उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतले विजयी बन्दा बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय हुनुभयो ।सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो ।
महिला उपसचिवमा मञ्जु अधिकारी ५३१ मतसहित विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मत ल्याउनुभयो । यस्तै अर्को उपसचिवमा कास्कीका दामबहादुर विक विजयी हुनुभयो । यस्तै उहाँले ५२० मत पाउँदा म्याग्दीका सन्तोष रावलले ३६७ मत ल्याउनुभयो ।
0 Comments