काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाउनुभएको हो ।

बझाङ केन्द्रबिन्दु भएर मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५.३ र ३ बनेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सर्वसाधारणका घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।