काठमाडौं। नेपालगञ्जमा जारी कर्फ्यु झडपमा परिणत भएपछी नेपाली सेना नै परिचालन गरिएको छ। दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो। स्थीति थप जोखिम बनेपछी नेपाल प्रहरीको संख्या पनि बढाईएको छ।
नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन्।
