ट्याक्टरको चावी चोरेर लगेका विशालको दुर्घटनामा मृत्यु

रोल्पा, २ मंसिर । रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी माडी गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय विशाल घर्तीको मृत्यु भएको हो । 

माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँमा रा १ त ३८८० नम्बरको ट्याक्टर पल्टिदा घर्तीको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिनुभयो । 

फोटोस्रोत-बुद्धिमान ओली

घर्तीलाई ट्याक्टरको अगाडीको भागले च्यापेको अवस्थामा फेला परेको डिएसपी मगरले बताउनुभयो ।  ट्याक्टर घर्तीगाउँकै मार्वल कारखानाको हो । डिएसपी मगरका अनुसार मृतक घर्तीले उक्त कारखानामा सात महिना अघि काम माग्न गएका थिए । 

शुक्रबार उनले तिहारमा कारखाना बन्द भएको समयमा कारखानाबाट ट्याक्टरको चावी चोरेर लगेको  चलाएका हुन् । कारखानाबाट करिब ५ सय मिटर टाढा ट्याक्टर पल्टीएको हो ।

Post a Comment

0 Comments