खुम बहादुर सुनार, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा न. ४ नम्जा डाँडामा स्थापना भएको टेलिफोनको टावरको उद्घाटन भए सँगै सञ्चालनमा आएको छ । बिहिबार गाउँपालिका अध्यक्ष भरत कुमार थापाले टेलिफोन टावरको उद्घाटन गर्नुभएको लुङ्ग्री गाँउपालिकाले आर.एन नेपाली नेटवर्कलाई जानकारी दिएको छ ।
लुङ्ग्री गाँउपालिकाको वडा न. ४ नम्जा सिद्धथान डाँडामा निर्माण गरिएको नेपाल टेलिकमको टावरले सञ्चालनमा आए सँगै टावरको ३ किलो मिटर क्षेत्रफलमा द्धन्, ८ किलो मिटरको एरियामा द्दन् सञ्चालनमा आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय तुल्सीपुरका कार्यालय प्रमुख सन्तोष शर्माले बताउनु भएको छ । टावर संचालनमा आए सँगै त्यस क्षेत्रका स्थानीय बासिहरुमा अब घर भित्रै बसेर फोन गर्ने पाइने भयो भन्दै खुशी समेत भएको छन् ।
लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले टेलिफोनको टावर सञ्चालनमा आज पछि अब लुङ्ग्री बासीहरुलाई घर भित्रै बसेर फोन गर्न पाउने अवस्था आएको बताउनु भएको छ ।
आफ्नो गाउँपालिकाको केन्द्रमा समेत यस भन्दा पहिले फोन नलाग्ने समस्याको समेत अब अन्त्य भएको अध्यक्ष थापाको भनाई रहेको छ ।
उद्घाटन कार्यक्रममा लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, उपाध्यक्ष दिलकुमारी गुरुङ, नेपाल टेलिकम क्षेत्रीय कार्यालय तुल्सीपुरका कार्यालय प्रमुख सन्तोष शर्मा, गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर परियार, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र स्थानिय बासी लगाएतको उपस्थिती रहेको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर परियारले बताउनु भएको छ ।



0 Comments