खुमबहादुर सुनार,लिवाङ राेल्पा । सम्पूर्ण दलित समुदाय एक जुट होऔं भन्ने मुल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन १९ औं राष्ट्रिय दिवस २०८१ को अवसरमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम रोल्पा नगरपालिकाको आयोजनामा साेमबार लिबाङमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका राेल्पाका उप-प्रमुख कर्मलाल परियारले बल्दै जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुन्छ । म एउटा जनप्रतिनिधि भएको र सँगसँगै राजनीतिसँग पनि जोडिएको नाताले म राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूलाई सम्झाउन सक्छु भन्दा दलितको अगुवाइ गर्ने व्यक्तिलाई विभिन्न समयमा परेको पनि परियारले बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि परियारले समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न किने , समाजमा सचेत रहेका व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान सकिन्ने र जति पनि दलित जनप्रतिनिधिले सबै स्थानीय तहमा पुगेर दलिले पाउँने अधिकार र भूमिका भनेको समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाई लड्ने र पीडकहरूलाई सजाय कसरी दिलाउन सकिन्छ भने विषयमा पनि बदि लागि पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख परियारले बताउनुभयो थियो ।
यहाँले दलित समुदाय र गैर–दलित समुदायको आवाज एकै हुन जरुरी रहेको छ । अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर सबैले आवाज उठाएर अघि बढ्न आवश्यक पनि बताउनुभएको थियो । जसरी दलित समुदाय भित्रका पनि शिक्षा स्वास्थ्य र रोजगारीका छुट्टाछुट्टै समस्यालाई लिएर तीन ओटै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्छ । जनप्रतिनिधि भएको नाताले म आफू, परिवार र समुदायलाई दलितको हक अधिकारका लागि जिम्मेवार र जबाफदेही बनाउन प्रयत्न गर्ने पनि प्रतिबद्धता गर्नुभएको थियो ।
परियारले जति पनि कानुन भनेकाे हुन्छ कापी मात्र सिमित भएको कार्यनयन नभएको , दलितको नाम विभिन्न किसिमका बजेट छुटाउने र कार्यक्रम गरेको जस्तो गरेर बजेट सकाएकाे पनि बताउनुभयो थियो ।
कार्यक्रमका विशिष्ट अतिथि राेल्पा नगरपालिकाका नगर उपप्रमुख गिता आचार्यले जातीय विभेद अन्त्यका लागि अाफ्नाे घरपरिवार र सबै स्थानीय तहका जनप्रतिनिधि चलाख हुन जरुरी रहेको पनि बताउनुभयो थियो ।
विगतमा दलितको कति दुख थियो तर हाम्रो गाैरब सालि पार्टी माअाेवादीले १० वर्ष जनयुद्ध नभएको भए यति उपलब्धि नहुने पनि अाचार्यले बताउनुभएको थियो । अहिले पनि हाम्रो समाजमा बाहिर अधिकारका कुरा गरेर हिँड्ने मान्छेले आफ्नै घरभित्र विभेद गरिराखेको अवस्था छ । घर परिवार र समाजमा जातीय विभेद गर्न दिन्न र अरुलाई पनि जातीय रूपमा छुवाछुत गरेको पनि उप प्रमुख अाचार्यले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा रोल्पा नगरपालिका १० वटै वडाका वडा अध्यक्षहरु, दलित महिला सदस्यहरु, दलित अगुवा जनप्रतिनिधि लगायत पत्रकार समाज समाजसेवी बुद्धिजीवीहरूकाे सहभागिता रहेको थियो ।
, राेल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, सामाजिक विकास समितिका संयोजक तथा ७ नम्बर वडा अध्यक्ष लालबहादुर घर्तीमगरले शुभकामना मनतब्य दिनुभयो । कार्यक्रममा नगरपालिका अन्र्तगतको दलित सन्जालका संयोजक खडकलाल पाध्यावतीले स्वागत मनतब्य सहितको कार्यक्रमको बारेमा प्रष्टयाउनुभएको थियो । कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले दिवसको पृष्टभुमि सहित दलितहरुको ईतिहासको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले आजको यो युगमा पनि जातिय छुवाछुत हुनु अतिनै निन्दनीय अवस्था भएको कारण अब सबै सचेत र सशक्तिकरणमा अगाडी बढनुपर्नेमा जोड दिएका थिए । जातिय, लैगिंक आधारमा गरिने विभेद कसुरको भागीदार हुने भएको हुँदा कानुनी प्रावधानहरु पनि सबैमा प्रवाह गर्नुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
कार्यक्रमकाे अध्यक्ष राेल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्ती काे अध्यक्ष्ातामा भएको काे कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमिला घर्तीले गर्नुभएको थियो ।



0 Comments