सिन्धुपाल्चोकमा भुकम्प गयो

 Logo

 शुक्रबार, असार १५ गते २०८१

सिन्धुपाल्चोकमा भुकम्प गयो

  • facebook sharing button
    twitter sharing button
    email sharing button
    sharethis sharing button
    whatsapp sharing button
    images
    सिन्धुपाल्चोकमा भुकम्प गयो
    images

    काठमाडौं । सिन्धुपाल्चोकमा गएराती भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे ४.२ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । २०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । १ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए । हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको स्थानान्तरण भएको छैन । त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमै छन् ।

    Post a Comment

    0 Comments