टी–२० विश्वकपः दक्षिण अफ्रिकासँग अमेरिका पराजित

 काठमाडौं। आईसीसी टी–२० विश्वकपको सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।

Previous Post Next Post