रोल्पाको बाहिरीगाममा चट्याङ लागेर २ जनाको मृत्यु

आर.एन खबर, असार ११ रोल्पा । रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

सोमबार राती चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ बाहिरीगामकी २४ वर्षीय जैमाला घर्ती र १४ वर्षीय गोमाला घर्तीको मृत्यु भएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनभएको छ । मृतक नन्द भाउजु रहेका छन् ।

पुनका अनुसार मृतक दुवैको आफ्नै घरमा सुतिरहेको अवस्थामा राती एक्कासि चट्याङ लागेर उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ ।

घटना रातीभएता पनि गाउँले विहानमात्र थाहा पाएको बताईएको छ । अहिले प्रहरी घटना स्थलमा रहेको बताईएको छ । 

Post a Comment

0 Comments