आर.एन, जेठ २५, रोल्पा । रोल्पाको लिबाङबाट दाङको घोराहीका लागि छुटेको जिप दुर्घटनामा परेको छ ।
आज बिहान रोल्पाको लिबाङबाट दाङको घोराहीका लागि छुटेको जलजला हिमाल यातायातको रा १ ज ६३२ नम्बरको यात्रुवाहक जीप खुंग्रीको एक घरमा ठोक्किएर दुर्घटना हुन पुगेको हो ।
जीप चालक बसन्त थापाले ड्राइभिङ गरिरहेका बेला एक्कासि चक्कर आएको महसुस गर्दै जीपको ढोका खोलेर वाहिर निस्किएपछि जिप सिधै सडक नजिकै रहेको बलदेव सुवेदीको घरमा ठोकिन पुगेको प्रत्यक्षदर्शी स्थानीय हिमलाल बिष्टले बताए

0 Comments