दाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ४३ जना घाइते

काठमाडौं, ३० जेठ ।  दाङबाट काठमाडौँका लागि छुटेको बस रूपन्देहीमा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रा १ ख २७८३ नम्बरको बस गएराति १२ बजेतिर रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डीमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार घाइतेलाई उपचारका लागि चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा लगिएको छ । बिहानसम्म १९ जना फर्किएका छन् भने २४ जनाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा बस चालक गम्भीर घाइते रहेको र उहाँको चौराहा हस्पिटलमा उपचार भएरहेको उहाँले बताउनुभयो ।

Post a Comment

0 Comments