‘आइएमई पे’ एप : आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

आर.एन नेटवर्क, साउन २३ रोल्पा । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट काट्नेको सङ्ख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

सहज फिचरसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा ‘आइएमई पे’ ले उपलब्ध गराएको यस सेवामा ग्राहकको सङ्ख्या बढेको हो ।


अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा ‘आइएमई पे’ मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

‘आइएमई पे’ एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो सङ्ख्याले र उत्साहले अझै  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनु भएको छ । 

Post a Comment

0 Comments