सुनको भाउ एक हजार चार सय रुपैयाँले घट्यो

आर.एन नेटवर्क, साउन २३ रोल्पा । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय १० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

Post a Comment

0 Comments