आर.एन नेटवर्क, साउन २३ रोल्पा ।नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ ।
दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।
![]() |
| तस्बिर : नेपाल प्रहरी |
काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
![]() |
| तस्बिर : नेपाल प्रहरी |
![]() |
| तस्बिर : नेपाल प्रहरी |



0 Comments