आज पनि मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आर.एन नेटवर्क, भदौ २४ रोल्पा । देशका केही भू–भागमा बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

 
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
 
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 
 
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

Post a Comment

0 Comments