जाजरकोटमा आगलागीमा परेर १२ वर्षीय बालकको मृत्यु

आर.एन नेटवर्क, फागुन २६ रोल्पा  ।जाजरकोटमा आगलागीमा परेर १२ वर्षीय बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका–८, ग्राक्लीस्थित जनक रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेतिर रोकायको दुई तले कच्ची घरमा आलगाली भएको थियो । घरको माथिल्लो तलामा खाना बनाउन बालिएको आगो एक्कासी फैलिएपछि सोही कोठामा सुतिरहेका जनकका छोरा अम्मरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जल्नुका साथै लाखौँ रुपैयाँको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा सोमबार बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

Post a Comment

0 Comments