रोल्पामा एक युवकको शव फेला

आर.एन नेटवर्क, चैत ०५  रोल्पा  । रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका ९ हाङबाङ स्थित सालघारी सामुदायिक वनमा पुरुषको शव फेला परेको हो ।

रोल्पा नगरपालिका ९ घर भएका आमा बुवा नभएका हाल नेपालगन्जमा हजुरबुवा संग बस्दै आएका २२/२३ बर्षिय उमेश बुढामगरको शव रहेको रोल्पा प्रहरीले जानकारी दिएक छ ।

उनी १०/१२ दिन अगाडी नेपालगन्जबाट मामा घरमा भेटघाटका लागि आएका थिए ।मामा घरमा आएर हजुरआमा संग बसेका उमेश चैत्र १ गते रोल्पा सदरमुकाम लिबाङमा सञ्चालन भएको महोत्सवमा देखेको र त्यसपछि आफन्तको सम्पर्कमा नरहेको प्रहरी निरिक्षक रोहितकुमार शाहीले जानाकरी दिनु भएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Post a Comment

0 Comments