रोल्पामा ४ हजार ७६१ विद्यार्थी एसईई परीक्षा दिंदै

आर.एन नेटवर्क, चैत ०६ रोल्पा  । रोल्पा जिल्लाका ९४ माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ मा ४ हजार ७६१ जना विद्यार्थी सहभागी हुँदैछन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका प्रमुख लालबहादुर घर्ती मगरका अनुसार परीक्षा सञ्चालनका लागि जिल्लाभर २० परीक्षा केन्द्र तोकिएको छ।


परीक्षा केन्द्रहरूमध्ये बालकल्याण मावि लिवाङ ूकू केन्द्रमा ३१२ जना परीक्षार्थी छन् भने बालकल्याण मावि लिवाङ ूखू केन्द्रमा ३२१ जना छन्। तारा मावि बाम्रुक केन्द्रमा ३३७ जना परीक्षार्थी सहभागी हुनेछन्। नेपाल मावि कोटगाउँ केन्द्रमा १६४ जना, बालउदय मावि मडिचौर, जंकट केन्द्रमा २१९ जना तथा चन्द्रप्रभा मावि मिझिङ केन्द्रमा १७४ जना परीक्षा दिनेछन्।

सूर्यदय मावि सुलिचौर केन्द्रमा ३५५ जना, त्रिपुरेश्वरी मावि खुंग्री केन्द्रमा १९३ जना, बराहक्षेत्र मावि बडाचौर केन्द्रमा ३६७ जना, जनज्योति मावि गुम्चाली केन्द्रमा १९६ जना परीक्षार्थी रहेका छन्। नमूना मावि जाइमकसाला केन्द्रमा १८६ जना विद्यार्थी परीक्षा दिनेछन् भने वीर बलभद्र मावि थवाङ केन्द्रमा ९२ जना परीक्षार्थी छन्। 

यसैगरी, महेंद्र मावि होलेरी केन्द्रमा १६४ जना, भीमसेन मावि साइबाङ केन्द्रमा २१९ जना, जनजाग्रिति मावि जुगार केन्द्रमा २६३ जना परीक्षार्थी परीक्षा दिनेछन्। अरनिको मावि नुवागाउँ केन्द्रमा ३२९ जना, कृष्ण मावि घर्तीगाउँ केन्द्रमा ३२९ जना, जनता मावि बगमारा केन्द्रमा २८४ जना विद्यार्थी छन्। त्यस्तै, गंगा मावि जिनाबाङ केन्द्रमा २४४ जना र जीवनज्योति मावि राङ केन्द्रमा २४४ जना परीक्षार्थी रहेको जानकारी प्राप्त भएको छ। रोल्पामा परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रोल्पाले जनाएको छ। परीक्षा मर्यादित, निष्पक्ष र सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अनुगमन समिति गठन गरिएको छ। परीक्षा केन्द्रहरूमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने छ। साथै, प्रत्येक केन्द्रमा सुपरीवेक्षक, निरीक्षक र अन्य कर्मचारीहरू खटाइने छन्। जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा आवश्यक परीक्षा सामग्री, उत्तरपुस्तिका, प्रश्नपत्रलगायत सबै सामग्री समयमै पुर्‍याइसकिएको छ। कुनै पनि अनियमितता हुन नदिन कडा निगरानी राखिने बताइएको छ। परीक्षा अवधिभर नजिकैको क्षेत्रलाई शान्त र सुरक्षित राख्न अभिभावक तथा स्थानीय निकायहरूसँग समन्वय गरिएको छ। रोल्पाका विभिन्न विद्यालयका विद्यार्थीहरू लामो समयदेखिको मेहनतपछि आफ्नो एसईई परीक्षा दिनका लागि तयार भएका छन्। शिक्षक, अभिभावक तथा स्थानीय समुदायले परीक्षार्थीहरूलाई मनोबल उच्च राख्न सल्लाह दिएका छन्। साथै, परीक्षा केन्द्रहरूमा विद्यार्थीलाई सहज वातावरण उपलब्ध गराउन विशेष ध्यान दिइने बताइएको छ।

Previous Post Next Post