दोस्रो रोल्पा महोत्सवमा नायक पल शाह आउदै

आर.एन नेटवर्क, फागुन २४ रोल्पा  । दोस्रो रोल्पा औद्योगिक, घरेलु, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति जारी छ ।

महोत्सवको पाँचौँ दिन आज नायक पल शाह, गायिका 
शुसिला थापा, लगायतका कलाकारहरू आउने आयोजकले बताएको छ । साथै महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने समेत बताइएको छ।

महोत्सवमा विभिन्न उद्यमशीलता, कृषि प्रविधि, घरेलु उद्योगका प्रदर्शनीसहित सस्तो र सुपथ मूल्यमा लत्ता कपडाहरू लगायत अन्य सामान बिक्री वितरण भइरहेको छ साथै महोत्सवको अवसरमा निःशुल्क नेपाल टेलिकमले  नमस्तेको सिम वितरण गरेको छ भन‍े निःशुल्क स्वास्थ्य चेकजाँच समेत सञ्चालन भइरहेकाे आयोजकले बताएको छ ।

Post a Comment

0 Comments