आर.एन नेटवर्क, चैत १६ रोल्पा । नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गर्नुभएको छ ।
नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको १८औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा उहाँले यस्तो दाबी गर्नुभएको हो । गणतन्त्र पूर्वराजाले चाहेर पनि नहट्ने दाबी गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको टिप्पणी गर्नुभयो ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न समेत गर्नुभयो । हिजोको घटना जसरी हुलहुज्जत भयो । अराजक तरिकाले काठमाडौंमा आक्रमण ग¥यो । यसले पनि ज्ञानेन्द्रले अहिले नै यस्तो गर्छन् भने, राजा भएको खण्डमा कस्तो गर्लान भन्ने फेरी एक पटक पुष्टी भएको बताउनुभयो ।
0 Comments