आज गायीका टिका सानु र गायक सन्दीप सेन्चुरी आउदै

आर.एन नेटवर्क, फागुन २३ रोल्पा  ।  दोस्रो रोल्पा औद्योगिक, घरेलु, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति जारी छ ।

महोत्सवको चौथो दिन आज गायीका टिका सानु र गायक सन्दीप सेन्चुरीले सांगीतिक प्रस्तुति दिने आयोजकले जानकारी गराएको छ साथै सुहाना दानसर ग्रुपको बेजोड प्रस्तुति रहने छ । नेपालकै नं.१ जादुगर बलराम सरकारले प्रस्तुति दिँदै आएका छन् ।

महोत्सवमा विभिन्न उद्यमशीलता, कृषि प्रविधि, घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनीसहित सस्तो र सुपट मूल्यमा लट्टा कपडाहरू लगायत अन्य सामान बिक्री वितरण भइरहेको छ साथै महोत्सवको अवसरमा निःशुल्क नेपाल टेलिकमले नमस्तेको सिम वितरण गरेको छ, निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजकले बताएको छ ।

Post a Comment

0 Comments