आर.एन नेटवर्क, चैत ११ रोल्पा । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको हो ।
दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) राजावादीहरुका पछिल्ला गतिविधि लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
यसअघि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन भएपनि उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।
राजावादीका गतिविधिबाट गणतन्त्रवादी दलहरु संशकित भएका छन, त्यसैले यो बैठकमा राजावादीका गतिविधिबारे पनि गम्भीर छलफल हुने बताइएको छ ।