रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुई जना घाईते

आर.एन नेटवर्क, चैत २८ रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार राति १ बजेको समयमा चट्याङमा परेर सुनिलस्मृति गाउँपालिका ५ काप्जिङका झम्के खत्रीकी छोरी वर्ष १६ की धनमाया खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा जानकारी दिएको छ ।

यसैगरि चट्याङबाट सोहि ठाउँका टिका बहादुर खत्रीका छोरा वर्ष १५ का नवीन खत्री घाइते भएका छन् भने सोहि ठाउँकै टिका बहादुर घर्तीकी वर्ष १३ कि लिला घर्ती पनि घाईते भएको बताईएको छ । 

नवीनको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको र लिला सामान्य मात्र घाईते भएको प्रहरीको भनाई छ ।

Previous Post Next Post