आर.एन नेपाली नेटवर्क, ३१ भाद्र । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्प र गोकुल माध्यमिक विद्यालयको समन्वयमा सिर्प प्रहरी चौकीले बालविवाह न्यूनीकरणका विषयमा सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ।
बाल विवाह न्यूनिकरण सम्बन्धी जनचेतनामुलक सडक नाटक सोमबार श्री गोकुल माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न गरिएको हो ।
बालविवाहलाई सहज स्वीकार्ने प्रवृत्ति, आधुनिक प्रविधिको दुरुपयोग र साथीभाइको देखासिकीले पनि यसलाई बढावा दिएको उल्लेख गर्दै उहँले अभिभावक र किशोरकिशोरी दुवैलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षामार्फत सचेत गराउनुपर्नेमा समेत जोड दिनुभयो ।
हालै प्रहरी चौकीमा बालविवाहसम्बन्धी उजुरी बढ्दै गएपछि उक्त सन्देशमूलक नाटक कार्यक्रम सञ्चालन गरिएको हो।
सोमबार सम्पन्न उक्त कार्यक्रम वडाध्यक्ष अमृत घर्ती मगरको अध्यक्षता सुरु भयको थियो । कार्यक्रममा गोकुल मा.वि. का बिव्यसका अध्यक्ष नरेन्द्र खड्का, गोकुल माबीका प्रधानाध्यापक ओबिराम रेग्मीसहित प्रहरी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा गोकुल माविका शिक्षक–विद्यार्थी र स्थानीयको सहभागितामा प्रस्तुत नाटकमार्फत बालविवाहका कारण, प्रभाव र न्यूनीकरणका उपायबारे दीगो सिकाइ दिन उद्देश्य राखिएको थियो। करिब १,२०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि समाजमा सकारात्मक चेतना फैलिने अपेक्षा गरिएको छ।
0 Comments