आर.एन नेपाली नेटवर्क, २८ भाद्र । रोल्पाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा रहेको तपासी भूमि युवा क्लब र प्रहरी चौकी सिर्प समन्वयमा आज सरसफाई गरिएको छ । भाद्र २१ गते लगेको भदौरे मन्दिरको फोहोरलाई सरसफाई गरिएको हो ।
क्लवका युवाका पदाधिकारी र प्रहरीको सहभागितामा भएको सोहि स्थानमा सफाई गरिएको क्लबले जानकारी दिएको छ ।
पछिल्लो समयमा तपासी भूमि युवा क्लबले सामाजिक कार्य संगै समाजमा भएका बिकृती बिसङ्गती विरुद्ध आवाज उठाउदै आइरहेको क्लबका प्रमुख सल्लाहकार सागर पुनले बताउनु भएको छ ।
प्रमुख सल्लाहकार पुनले भन्नू भयो हामीले अब दशै, तिहार र छठ पर्वलाई लक्षित सरसफाई गर्ने छौ। समाजमा भएका बिकृती बिसङ्गती विरुद्धमा पनि हामीले आवाज उठाउदै जान्छौ पुनले भन्नुभयो ।
प्रहरी चौकी सिर्पको पनि पछिल्लो समयमा सरसफाइ अभियानलाई तिव्रता दिदै गएको छ । सरसफाइ शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म भदौरे मेला पर्ने स्थानमा सरसफाइ गरिएको क्लवका सचिव लेते मगरले जानकारी दिनुभएको छ ।
अब आउने शनिबार लुङ्ग्री गाउँपालिका २ सिर्पको वडा कार्यालय नजिक सरसफाइ गरिने बताइएको छ । सरसफाइ कार्यक्रमको आयोजकमा तपासी भूमि युवा क्लब र प्रहरी चौकी सिर्प समवन्य गर्ने भएको छ ।
फोटोफिचरहरु
0 Comments