आर.एन नेपाली नेटवर्क, ०२ असोज । शिक्षा दिवसको अवसरमा प्रहरी चौकी सिर्पले विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी चौकी सिर्पको आयोजना र गोकुल माध्यमिक विद्यालयको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विशेषगरि सार्वजनिक सेवा प्रवाहमा आम नागरिकहरुले पाउनु पर्ने सेवा,सार्वजनिक निकायका प्रतिनिधिहरु बाट सेवा प्रवाहमा हुने हुने गरेका लापरवाही तथा हेलचक्र्याइ लाई न्यूनीकरण गरि जवाफदेही,उत्तरदायी ,जिम्मेवार र व्यवसायी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना प्रहरी चौकी सिर्पले बताएको छ ।
सिर्पमा रहेका विभिन्न सार्वजनिक निकायका प्रतिनिधिहरुलाइ थप पारदर्शी , सेवाग्राही मैत्री सेवा प्रवाह गराइ सुशासन कायम गराउने उद्देश्यका साथ प्रहरी चौकी सिर्पले यस कार्यक्रमको सुरुवात गरेको हो। पहिलो पटक श्री गोकुल माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यस स्थानका सार्वजनिक निकायले प्रदान गर्ने सेवाहरुमा उनिहरुको कर्तव्यलाइ अझै समयसान्दर्भिक बनाउनका लागि हुने कार्यक्रमको आयोजना गरिएको प्रहरी सहायक निरीक्षक दिपक किसानले जानकारी दिनुभएको छ ।
उहाँले कमी कमजोरिहरु, गैरकानुनी क्रियाकलापहरु संगको संलग्नता र आगामी दिनमा गरिने खबरदारीको बारेमा विद्यार्थीहरुबाट उठेका प्रश्नको जवाफ माग गरिएको थियो। आगामी कार्यदिशा जनमुखी हुने गरि प्रश्नहरुको सम्बोधन सम्बन्धित निकायका अधिकारीहरुले स्पष्ट पार्नुभएको थियो। यस्ता कार्यक्रम समुदाय स्तरमा पनि आवश्यक रहेको बताइएको छ ।

0 Comments