माओवादी महाधिवेशन : आज पनि प्रचण्डको प्रतिवेदनमाथि रिपोर्टिङ

राजेश नेपाली नेटवर्क, १३ पौष  । माओवादी केन्द्र जारी ८औं महाधिवेशनको पाँचौ दिन आज बाँकी रहेका १४ समूहको रिपोर्टिङ प्रस्तुत गर्ने क्रम जारी छ । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ ।



२५ वटा समूह बनाएर गरिएको छलफलमा ११ वटा समूहले बुधबार आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहको रिपोर्टिङ आज भइरहेको छ । सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

आज सबै रिपोर्टिङ सकिएर अध्यक्षले जवाफ दिन भ्याएमा निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ । २९९ केन्द्रीय समिति बनाइने र अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ ।

Post a Comment

0 Comments