राजेश नेपाली नेटवर्क, १३ पौष । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनबारे आज छलफल हुँदै छ । छलफलका लागि सोमबार नै २५ वटा समूह बनाइएको छ ।
प्रतिवेदनमा छलफल गर्न जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदका तीन समूह बनाइएको छ। यसको टोली नेता नन्दकुमार थापालाई तोकिएको छ। प्रदेश १ का दुई समूह बनाइएको छ, जसको टोली नेता हर्क गुरुङ हुनुहुन्छ । प्रदेश २ का पनि दुईवटा समूह छन्, यसको नेतृत्व गणेश साहले गर्दै हुनुहुन्छ ।
गण्डकी प्रदेश समूहको नेतृत्व प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्नुभएको छ । लुम्बिनी प्रदेश समूहको टोली नेता चक्रपाणि खनाल हुनुहुन्छ । प्रवास समितिमा लक्ष्मण पन्त, कर्णाली प्रदेशमा विमला केसी र सुदूरपश्चिम समूहमा प्रदेश खगराज भट्ट टोली नेता हुनुहुन्छ ।
केन्द्रीय विभागहरूको समूहमा मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशको समूहमा कृष्ण अधिकारी, बागमती प्रदेश समूहमा सरल सहयात्री टोली नेता हुनुहुन्छ । जनवर्गीय मोर्चाको समूहको नेतृत्व अमृता थापाले गर्दै हुनुहुन्छ ।
प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ ।
0 Comments