थप २ सय ६४ जनामा काेराेना पुष्टि, २ सय ६० जना निकाे

 राजेश नेपाली नेटवर्क, १३ पौष  ।  पछिल्लो २४ घण्टामा देशभर दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार पाँच सय ६६ नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



यस्तै थप दुई सय ६० जनासहित अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार दुई सय ६५ पुगेको छ । २४ घण्टामा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८८ पुगेको छ । नेपालमा अहिले चार हजार नौ सय १० जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड दुई लाख २९ हजार एक सय ४४ पुगेको छ । एक करोड ३७ लाख ९४ हजार चार सय १७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Post a Comment

0 Comments