दैलेखमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

राजेश नेपाली नेटवर्क, २१ पौष  । दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो ।




दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् ।

दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । मोडमा जीप अनियन्त्रित भएर पल्टिँदा चालककाे ज्यान गएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

Post a Comment

0 Comments