खाेटाङमा खरको थुप्रोमा सल्किएको आगोमा जलेर महिलाको ज्यान गयाे

 राजेश नेपाली नेटवर्क, २४ पौष  । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा आगाेमा जलेर एक महिलाकाे ज्यान गएकाे छ । खरको थुप्रोमा सल्किएको आगोमा  जलेर ४३ वर्षीय मञ्जु परियारको ज्यान गएकाे हाे ।




फुसको छानो हटाउने अभियान अन्तर्गत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको हिजाे बेलुका घट्नास्थलमै ज्यान गएकाे हाे ।

खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा उहाँकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताउनुभयो । 

घरमा कोही नभएका बेला रक्सी खाएर खरको थुप्रो नजिक आगो बालेकी परियारको भाग्न नसकेर ज्यान गएको ठाकुरले बताउनुभयो। 

Post a Comment

0 Comments