राजेश नेपाली नेटवर्क, २५ पौष । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज आइतवार एक सूचना निकालेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा भनिएको छ ।

0 Comments