राजेश नेपाली नेटवर्क, २३ पौष । सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाकाे शव जलेकाे अवस्थामा फेला परेको छ । कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराएको स्थानीयवासीले बताएका छन् । मृतक महिलाका श्रीमान् सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीम राखिएको छ ।
0 Comments